अमेरिकाले आफ्ना नागरिक फिर्ता पठाएको विषयमा भारतको संसद्मा हंगामा
नयाँ दिल्ली । अमेरिकाबाट अवैध भारतीय नागरिकहरूलाई फिर्ता पठाएको विषयमा बजेट सत्रको पाँचौँ दिन भारतको संसद्मा हंगामा भएको छ । बिहान स्थानीय समयअनुसार ११ बजे बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरूले यस विषयमा चर्चा गर्न माग गरे ।
उनीहरूले ‘सरकार लाज मान’ जस्ता नारा नै लगाए । यसबारे लोकसभाका सभामुख ओम बिरलाले भने, ‘तपाईँहरूको चिन्ताबारे सरकार सचेत छ । यो विदेश नीतिको मुद्दा हो ।’
उता, राज्यसभामा पनि हंगामा भएको थियो । त्यसपछि दुवै सदनको कारबाही १२ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
लोकसभामा कांग्रेस सांसद मणिकम टेगोरले अमेरिकाले भारतीय नागरिकहरूलाई डिपोर्टेसन गरेको विषयमा चर्चा गर्न स्थगन नोटिस दिएका थिए । उनले भने, ‘अमेरिकाले १ सयभन्दा बढी भारतीयलाई फिर्ता पठाएकोमा पूरै देश हैरान छ । यो मानव अधिकारको उल्लंघन हो । सरकार किन मौन छ ? यो अमानवीय व्यवहारको किन निन्दा गर्दैन ?;
संसद्को बजेट सत्र शुक्रबारदेखि सुरु भएको हो । पहिलो सत्र ३१ जनवरीदेखि १३ फेब्रुअरीसम्म र दोस्रो सत्र १० मार्चदेखि १४ अप्रिलसम्म चल्नेछ ।
बुधबार दिल्ली विधानसभा चुनावको मतदानका कारण सदनको कारबाही स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण