बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
बिहीबार, २४ माघ २०८१, १३ : १९

काठमाडौँ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो ।
मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ ।
एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ । तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण