अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको संसदीय दलको बैठक विनानिष्कर्ष सकियो
बिहीबार, २४ माघ २०८१, १४ : १८
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारले ल्याएको अध्यादेशसम्बन्धमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक बोलाएको थियो । तर सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश बिल पेस नगरेकोले कुनै निर्णय नगरेको एक सांसदले जानकारी दिइन् ।
‘सरकारले अध्यादेश संसदको दुवै सदनमा पेस गर्ने भनिएको थियो । यसबारे छलफल गर्न हामीले कार्यदल बनाएका थियौं । तर अध्यादेश आज दुवै सदनमा पेस नभएकाले यसविषयमा कुनै निर्णय भएन । यसबारे अब अर्को बैठकमा छलफल हुन्छ’, ती सांसदले भनिन् ।
अध्यादेशबारे छलफल गर्न नेता राजकिशोर यादवको नेतृत्वमो अध्ययन कार्यदल गठन गरेको थियो । यादवले अध्ययन प्रतिवेदन संसदीय दलका नेता उपेन्द्र यादवलाई बुझाएको छ । जसपाको समर्थनबिना अध्यादेश राष्ट्रियसभाबाट पारित हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण