न्यायको माग गर्दै अदालत अगाडि धर्ना
रौतहट । कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएको भन्दै रौतहटमा एक परिवार जिल्ला अदालत अगाडि धर्नामा बसेको छ ।
पसलमा उधारो सामान नदिएको भन्दै २०७६ असार ४ गते राति १० बजे यमुनामाई गाउँपालिका–४, सरुअठा गाउँका विनोद गुप्तालाई गाउँकै एक समूहले मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो ।
मृत्यु लगत्तै मृतकको भाइ राजन गुप्ता र उनको श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह, विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई १ वर्षअघि प्रहरीले पक्राउ गरी रौतहट जिल्ला अदालतमा पेस गरेको थियो ।
अदालतले अभियुक्तमध्ये एक जना नाबालक १३ वर्षीय निखिल कुमार सिंहलाई तत्काल सुधार गृह बीरगंज र पछि अभिभावकको जिम्मा लगाएको थियो । रामकिशोर सिंह र रामविनोद सिंहलाई जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो ।
माघ २० गते आइतबार जिल्ला न्यायाधीश मनोज केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै दुवैलाई सफाइ दिएपछि पीडित परिवार आन्दोलित भएका हुन् ।
सोमबारदेखि जाहेरीवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी सपरिवार समर्थकसहित आन्दोलन तथा धर्नामा उत्रिएका हुन् ।
उक्त घटनाका अन्य ४ जना आरोपित भने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण