शरीरलाई आयोडिन नुन किन आवश्यक छ ?
काठमाडौँ । आयोडिन नुन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व हो । यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ ।
शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य कार्यमा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
आयोडिनका फाइदाहरू
–गर्भवती महिलाले दैनिक रूपमा आयोडिन नुनको सही मात्रा ५ ग्रामभन्दा कम खाएमा जन्मेको शिशुको दिमागको विकास राम्रो हुन्छ ।
–आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मृत वा अपाङ्गता भएका जस्तै: बोलाई सम्बन्धी अपाङ्गता भएका, शारीरिक अपाङ्गता भएका र सुस्तमनस्थिति भएका बच्चा जन्मिने जस्ता समस्याहरूबाट बच्न सकिन्छ ।
–बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त नुन खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्छ । साथै बौद्धिक विकास राम्ररी भई चनाखो बन्दछ ।
–किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ, जसले गर्दा पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ ।
–आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक विकास राम्ररी हुन्छ । जसले गर्दा गलगाँड तथा हाइपोथरोइडजम् जस्ता समस्याहरू हुनबाट बचाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण