वर्षमान पुनको माग देउवाको गृह जिल्लामा पुल बनाइदिनुहाेस्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरास्थित रंगुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै पुनले आफू अर्थमन्त्री भएका बेला चालु आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि रकम छुटयाए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण पुन बन्न नसकेको बताए ।
देउवाको गृह जिल्लामा मात्र नभई देशैभर विकासको यही अवस्था रहेको उनको भनाइ थियो । ‘म हिजो संसद्को प्रमुख दलका सभापति माननीय शरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेर आएँ । आजै मात्र फर्किएको छु’, पुनले भने, ‘त्यहाँ ठुलो रंगुन नदी रहेछ । त्यसमा यस वर्ष पुल बनाउनका लागि बजेट विनियोजन भएको रहेछ । तर, सरकारले ठेक्का लगाइराखेको छैन । यो रोल्पामा पनि त्यस्तै छ, अरु जिल्लामा पनि त्यस्तै छ ।’
आफूले बजेट बनाउँदा प्रतिनिधिसभाका २ सय ७५ जना र राष्ट्रिय सभाका ५९ जना सांसदको सिफारिसका योजनामा देशैभर सडक, पुल र खानेपानीका योजनामा बजेट छुट्याएको भए पनि अहिलेको सरकारले टुक्रे आयोजनाको नाममा ठेक्का नलगाएको भन्दै पुनले असन्तुष्टि जनाए ।
पुनले सत्तापक्षकै सांसदहरूले आफूसँगको अनौपचारिक भेटमा सरकारले विकास बजेट खर्च गर्न तदारुकता नदेखाएको विषयमा खबरदारी गरिदिन आग्रह गर्ने गरेको पनि सुनाए । पुनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा एमाले रहेको र भौतिक पूर्वाधारजस्ता अर्बौं बजेट खर्च गर्ने मन्त्रालयको नेतृत्व लिएको पार्टीले अहिले बजेटको स्वामित्व नलिएकामा आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण