रोहित फेरि फ्लप तर भारतको जित
नागपुर । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । नागपुरमा खेलिएको खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य भारतले ३८.४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।
भारतका लागि शुभमन गिलले सर्वाधिक ८७ रनको योगदान दिए । ९६ बलको सामना गर्दै उनले १४ चौका प्रहार गरे ।
श्रेयस ऐयर र अक्षर पटेलले पनि अर्धशतकीय इनिङ्स खेले । ऐयरले मात्र ३६ बलमा ५९ रन बनाए । उनले ९ चौका र २ छक्का हिर्काए । त्यस्तै, पेटलले ४७ बलमा ५२ रन जोडे । उनले ६ चौका र १ छक्का प्रहार गरे ।
कप्तान रोहित शर्मा फेरि एक पटक असफल रहे । खराब फर्मबाट गुज्रिरहेका उनले ७ बलमा २ रन मात्र जोड्न सके । ओपनर यशस्वी जैसवालले १५ रन बनाए ।
इंग्ल्याण्डका लागि सकिब महमुद र आदिल रसिदले २–२ विकेट लिए । जोफ्रा आर्चर र जेकब बेथलले १–१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो । टोलीका कप्तान जोस बट्लर र जेकब बेथलले अर्धशतकीय इनिङ्स खेले ।
बट्लरले ६७ बलमा ५२ रन जोडे । उनले ४ चौका प्रहार गरे । त्यस्तै, बेथलले ६४ बलको सामना गर्दै ५१ रन जोडे । उनले ३ चौका १ छक्का हिर्काए ।
यसअघि ओपनर फिल साल्ट र बेन डकेटले इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि तीव्र गतिमा ७५ रन जोडे । साल्टले २६ बलमा ४३ रन तथा डकेटले २९ बलमा ३२ रन बनाए ।
तर, त्यसपछि भने इंग्ल्याण्डले नियमित रूपमा विकेट गुमाउँदै गयो र ठुलो योगफल बनाउनबाट चुक्यो । जोफ्रा र्आचरले खेलको अन्त्यतिर १८ बलमा २१ रनको योगदान दिए । जो रुटले १९ रन मात्र जोड्न सके ।
भारतका लागि हर्षित राना र रवीन्द्र जडेजाले ३–३ विकेट लिए । मोहम्मद शामी, अक्षर पटेल र कुलदीप यादवले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026