१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
नयाँ दिल्ली । अमेरिकाबाट हालै १०४ जना भारतीयलाई डिपोर्ट गरिएको र उनीहरूलाई गरिएको अपराधी जस्तो व्यवहारबारे भारतमा यतिबेला हंगामा भइरहेको छ । यही विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार संसदका दुवै सदनमा आफ्नो बयान पनि दिए ।
विपक्षीको विरोधका बीच अमेरिकी अधिकारीहरूको यस्तो कारबाही नयाँ नभएको जयशंकरले बताए । यसैक्रममा उनले पछिल्लो १५ वर्षमा फिर्ता पठाइएका अवैध भारतीय आप्रवासीहरूको संख्या पनि खुलाएका थिए ।
२००९ देखि यता अमेरिकाबाट १५ हजार ७५६ अवैध भारतीय आप्रवासीहरूलाई भारत फिर्ता पठाइएको जयशंकरले राज्यसभालाई बताए । फर्काइने भारतीयहरूलाई उडानमा कुनै पनि प्रकारको दुर्व्यवहार नहोस् भन्ने चाहिँ अब आफूले सुनिश्चित गर्ने उनको भनाई थियो ।
वैध यात्रीहरूका लागि भिसा सहज बनाउने कदम उठाउने समयमा अवैध आप्रवासन धन्दा चलाउनेमाथि कारबाही हुनुपर्नेमा पनि उनले जोड दिएका थिए ।
अमेरिकाबाट भारतीयहरूलाई देश निकाला गर्ने प्रक्रिया नयाँ नभएको र विदेशमा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई फिर्ता लैजानु सबै देशको जिम्मेवारी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण