शरीफुल नै थिए सैफलाई हमला गर्ने व्यक्ति
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामको केही औँलाको छाप अभिनेताको घरबाट लिइएका नमुनाहरूसँग मेल खाएका छन् । १५ जनवरीको अबेर रातमा सैफको घरमै उनीमाथि आक्रमण भएको थियो । जनवरी २२ मा, मुम्बई प्रहरीले औँठाछाप र अन्य नमुनाहरू सङ्कलन गरेको थियो र अनुसन्धानको लागि सीआईडीको प्रयोगशालामा पठाएको थियो ।
मुम्बई प्रहरीबाट प्राप्त जानकारी अनुसार, सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी शरीफुल इस्लामको फिङ्गरप्रिन्ट परीक्षणको लागि पठाइएका केही नमूनाहरूको रिपोर्ट आइपुगेको छ । यसमा केही औँलाको छापहरू मिलेका छन् । तर, प्रहरी अन्तिम रिपोर्टको पर्खाइमा भएको बताइएको छ । सैफका दुई महिला कर्मचारीले फेब्रुअरी ६ मा अभियुक्त शरीफुलको पहिचान पुष्टि गरेका थिए । आक्रमणको समयमा सैफका कोठामा उपस्थित एरियाना फिलिप र जुनुलाई हालै मुम्बईको आर्थर रोड जेलमा अभियुक्तको पहिचान गर्न बोलाइएको थियो ।
सीसीटीभीमा देखिएका व्यक्ति फरक भएको शरीफुलका बुबा र उनका वकिलको दाबी छ । उनीहरूले लगातार सैफको आक्रमणकारी अर्कै भएको दाबी गरिरहेका छन् । प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप थियो । यसैबीच, प्रहरीले सीसीटीभीमा कैद भएको अभियुक्तको अनुहारसँग शरीफुलको अनुहार मिलाउन अनुहार पहिचान परीक्षण गरेको थियो । मुम्बई प्रहरीले अनुहार पहिचान परीक्षण रिपोर्टले अभिनेताको घरमा पसेर छुरा प्रहार गर्ने व्यक्ति शरीफुल इस्लाम भएको पुष्टि गरेको बताएको छ ।
‘अनुहार पहिचान रिपोर्ट बाहेक, हामीसँग सीसीटीभी फुटेज, मोबाइल फोन लोकेसन र इन्टरनेट प्रोटोकल विवरण रिपोर्ट जस्ता प्राविधिक प्रमाणहरू छन्, जसले शरीफुल वास्तविक अभियुक्त हो भनेर प्रमाणित गर्दछ,’ मुद्दाबारे जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण