बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
काठमाडौँ । वित्तीय क्षेत्रसँग सम्बन्धित चारवटा संस्थाले बैंकिङ क्षेत्रको बारेमा भ्रम नफैलाउन आग्रह गरेका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमाथि फैलाइएको भ्रम र सामाजिक सञ्जालमार्फत भएको आक्रमणको विरोध गरेका हुन् ।
यी चार संस्थाले बैंक तथा वित्तीय क्षेत्रविरुद्ध अराजक गतिविधि र केही वित्त संस्थाको नाम प्रयोग गरी भ्रामक र गलत सूचना फैलाइएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बैंकहरू नेपाल राष्ट्र बैंकको नीति/नियम र सुपरीवेक्षणमा रहेर पारदर्शी ढंगले काम गर्ने निकाय हुन । नेपालको बैंकिङ क्षेत्र जोखिम बहन गर्ने क्षमता भएका र सुरक्षित रहेको स्पष्ट पार्दछौं ।’
यी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताको रकम पूर्णरुपमा सुरक्षित रहेको बताएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण समेत गरिएको हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण