निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
शुक्रबार, २५ माघ २०८१, १७ : ०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ करोड रुपैयाँ बराबर रकम विभिन्न वित्तीय संस्थामा लगानी गर्ने जनाएको हो ।
उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने राष्ट्र बैंकको भनाइ छ । निक्षेप लगानीको समय फागुन ६ देखि एक वर्षको हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । त्यस्तै निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुनुपर्ने, कर्जारनिक्षेप अनुपात सीमाभित्र रहेको हुनुपर्ने र गत आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
-
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्
-
खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्री लम्सालको आश्वासन
-
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
-
एकैदिन ४ प्रतिशतले घट्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण