सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्री लम्सालको आश्वासन

सोमबार, ११ साउन २०८३, ११ : ०५
सोमबार, ११ साउन २०८३

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटनस्थलमा प्रदर्शनमा उत्रिएका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिका माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।

सोमबार सुरुङमार्ग उद्घाटनका लागि पुगेका मन्त्री लम्सालले प्रभावित स्थानीयसँग भेट गर्दै उनीहरूको माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका हुन्।

उपभोक्ता समितिले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्न, सुरुङ निर्माणका कारण चर्किएका घरको उचित क्षतिपूर्ति दिन, सिस्नेखोला लिफ्टिङ खानेपानी आयोजनाको सुनिश्चितता गर्न, सुरुङमार्गमा स्थानीयको सहज आवतजावतको व्यवस्था मिलाउन तथा रोजगारी र स्थानीय सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप