काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २९ गते जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन—०८१’ विभेदकारी भएको भन्दै स्थानीय तहका कर्मचारीहरु यतिबेला काम ठप्प पारेर वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् । पटक–पटक लिखित र मौखिक रुपमा ऐन संशोधनको आवाज उठाउँदै आएका कर्मचारीको प्रदेश सरकारले सुनुवाई नै नगरेपछि आन्दोलनमै होमिएका हुन् ।
उनीहरुले मङ्गलबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिइरहेका छन् । दैनिक ५० जनादेखि १०० जना स्थानीय तहका कर्मचारीहरु भेला गएर धर्ना दिइरहेका हुन् । ‘हामीले ऐन जारी गर्नु अगाडि नै पटक–पटक सच्याउनुपर्ने भनेका थियौँ, तर यो सरकारले कुनै सुनुवाइ नै गरेन,’ चिगांड गाउँपालिकाका प्रशासन सहायक खड्ग चन्दले रातोपाटीसँग भने, ‘संशोधनको माग राख्दै आन्दोलन नै गर्नुपर्यो ।’
उनका अनुसार यो पनि प्रतिनिधि मुलक रुपमा मात्रै धर्ना दिइएको र आइतबारदेखि दबाब मुलक आन्दोलन चालू गरिनेछ । ऐन संशोधन नभएसम्म समस्या समाधान नहुने भएकाले विवाद भएको उनले बताए । ऐन पूर्ण रूपमा विभेदकारी रहेको, ऐनमा भएका दफा–उपदफाहरूले आफूलाई अन्याय गरेको स्थानीय तहका कर्मचारीको गुनासो छ ।
‘जनताको घरदैलोमा रहेर प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने संयन्त्रको रुपमा स्थानीय सेवामा कार्यरत कर्मचारीहरु ऐनमा व्यवस्था भएका विभेदकारी प्रावधानले प्रत्यक्ष रुपमा वृत्ति विकासबाट बञ्चित भएका छन्,’ स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश समितिका संयोजक विक्रम शाहीले भने, ‘स्थानीय सेवामा कार्यरत रहेका कर्मचारीको बिचमै विभेदको स्थिति सृजना गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण