यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक
काठमाडौं । अमेरिकी एक संघीय अदालतले युएसएआईडीको संरचना भङ्ग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न अस्थायी आदेश जारी गरेको छ । न्यायाधीशले आदेश जारी गर्दै २२ सय कर्मचारीको प्रशासनिक अवकाश समेतलाई रोक्ने प्रयत्न गरेका हुन् ।
युएसएआईडीमा लगभगग १० हजार व्यक्ति कार्यरत रहेको बताइन्छ । जसमा दुई तिहाई अमेरिका बाहिर कार्यरत छन् । यो एजेन्सी अमेरिकी सरकारको मुख्य विकास संगठन मानिन्छ ।
युएसएआईडीका कर्मचारीको तर्फबाट कानून व्यवसायीहरुले आफ्ना अधिकांश जनशक्तिको छुट्टीमा राख्ने योजनालाई रोक्न एक आपतकालीन रिट दायर गरेका थिए । ट्रम्प र अर्बपति एलन मस्कको योजना अनुरुप करिब ६११ कर्मचारीलाई काममा राखिएको बताइन्छ ।
बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी संविधान तथा संघीय कानूनको उल्लंघन गरेर युएसएआईडीलाई सिध्याउन खोजेको तर्कहरु पेश भएको बीबीसीले जनाएको छ । त्यति ठूलो सहायता एजेन्सी बन्द गर्ने घोषणाअघि एउटा पनि कारबाही कंग्रेसको अनुमति अनुसार नभएको जिकिर कानून व्यवसायीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण