बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
काठमाडौँ । आयोजक द एक्सेल्सियर स्कुलले ११ औँ एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज/गल्र्स दुवै टोली जित हात पार्न सफल भए ।
सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ ले पराजित गर्यो । एक्सेल्सियरका छिरिङ गुरुङले २० अंक जोडे । सिनियर गल्र्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलाई १३–२ ले हरायो । एक्सेल्सियर ‘रातो’ की अकिना घिमिरेले ४ अंक जोडिन् ।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृति इन्टरनेसनल स्कुललाई ४१–१३ र निःसर्ग वाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग वाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।
गल्र्समा स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ तथा रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले पाखा लगाए । स्वर्णिमकी नितिशा महर्जनले ४ तथा रेडियन्ट पब्लिककी सिना खनालले ६ अंक बटुले ।
ब्वाइज फुटसल ः
ब्वाइज फुटसलको यु–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिक स्कुललाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यु–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो ।
यु–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वर्ल्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यु–१६ मा ग्यालेक्सीले स्वस्ति श्रीलाई २–० गोलले पन्छायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण