विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैन : नेता भण्डारी
गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने धारणा राखेका छन् ।
आज बिहान सदरमुकाम तम्घासमा कार्यालय विभिन्न सार्वजनिक निकायका प्रमुखसँग छलफल गर्दै उनले विकास निर्माणका काममा ढिलासुस्ती नगरी दिगो विकास गर्नेतर्फ सबैले सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
सांसदसमेत रहेका नेता भण्डारीले जिल्लामा भइरहेका पूर्वाधार निर्माणका बारेमा जानकारी लिएका थिए । सो क्रममा उनले सरोकार भएका सबैलाई निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गर्दै आवश्यक समन्वय गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।
पछिल्लो समयमा सडक फराकिलो बनाउने नाममा जथाभाबी रूपमा नागरिक विस्थापित हुने अवस्था आएको भन्दै नेता भण्डारीले सोको विकल्प खोजेर मात्र काम थाल्नुपर्ने विचार राखे । उनले रिडी–तम्घास र रिडी–बल्कोट सडक आयोजनाको वित्तीय तथा भौतिक प्रगतिका बारेमा कार्यालय प्रमुखहरूसँग जानकारी लिएका थिए ।
नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमिति गुल्मीको तेस्रो नगर सम्मेलनको आज तम्घासमा आयोजित कार्यक्रममा सांसद भण्डारीले समयअनुसार सबै दलका नेता परिवर्तन हुँदै जानुपर्ने धारणा राखे । नेता बनेर जनताका समस्या नबुझ्ने प्रवृत्ति बढ्दै जाँदा पछिल्लो समय आमनागरिकमा नेताप्रति नकारात्मक धारणा बढ्दै गएकाले सबै नेता, कार्यकर्ताले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए ।
नेता भण्डारीले पार्टीमा आफूले लामो समयदेखि योगदान गर्दै आएको स्मरण गर्दै नेता भण्डारीले मृत्युलाई पराजित गरी नयाँ जीवन पाएकाले अबको यात्रा जनताको सेवामा केन्द्रित हुने बताए । बहुदलीय व्यवस्था आएको ३६ वर्षसम्म पनि सीमान्तकृत वर्गहरूलाई अझै पछाडि परिरहेकाले सरकारले पछाडि परेका वर्गको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण