सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
भारत । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदबारे पहिलो पटक बोलेका छन् । एक पोडकास्टमा उनले दुवैको सहमतिमा सम्बन्धविच्छेद भएको बताएका हुन् ।
उनले आफू टुटेको परिवारबाट आएको भन्दै कुनै पनि सम्बन्ध तोड्नुअघि एक हजार पटक सोच्ने पनि बताए ।
चैतन्यले भने, 'हामी दुवैले छुट्टाछुट्टै बाटोमा हिँड्ने निर्णय गर्यौं। हामीले हाम्रो आफ्नै कारणले यो निर्णय लिएका छौँ र एक अर्कालाई सम्मान गरेका छौँ। हामी हाम्रो जीवनमा आफ्नै तरिकाले अगाडि बढिरहेका छौँ। योभन्दा बढी व्याख्या गरिरहनु जरुरी छ जस्तो मलाई लाग्दैन ।'
आफूलाई दर्शक र मिडियाले सम्मान गर्ने पनि उनले बताए। 'हामीले हाम्रो गोपनीयताको लागि सोधेका छौँ। कृपया हामीलाई सम्मान गर्नुहोस् र यस मामिलामा हामीलाई एक्लै छोड्नुहोस्,' चैतन्यले भने, ‘म निकै शालीनताका साथ अगाडि बढेको छु । उनले पनि निकै राम्रो प्रगति गरिन् । हामी आफ्नै जीवन बाँचिरहेका छौं। मैले फेरि माया पाएको छु। म धेरै खुसी छु र हामी एकअर्कालाई धेरै सम्मान गर्छौं।'
सम्बन्धविच्छेद आफ्नो जीवनमा मात्र नभएको भन्दै उनले आफूमाथि अपराधीजस्तै व्यवहार गरिएको प्रति चिन्ता व्यक्त गरे। चैतन्यले थप भने, ‘विवाह अन्त्य गर्ने निर्णय धेरै सोचविचार र सम्मानका साथ गरिएको हो । यो मेरो लागि अत्यन्तै संवेदनशील विषय भएकाले म यो भन्दैछु। म टुटेको परिवारबाट आएको हुँ, त्यसैले मलाई थाहा छ अनुभव कस्तो हुन्छ।'
उनले पटक पटक आफूहरूको आपसी निर्णय भएको बताइरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण