ओली सरकारलाई डीपी अर्यालको प्रश्न : संसद् छलेर अध्यादेश ल्याउनुपर्ने के आपत पर्यो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले केपी ओली नेतृत्वको दुई तिहाइ सरकार व्यक्ति केन्द्रित प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौँमा सम्बोधन गर्दै उनले प्रतिशोधपूर्ण व्यवहारका कारण सरकारले विश्वास गुमाउँदै गएको बताए ।
‘दुई तिहाइको वर्तमान सरकार बलियो छ । त्यति नै आशङ्का देखिएका छन् । सरकारले व्यक्ति हेरेर प्रतिशोध गरेको छ । विश्वास गुमेको र शङ्का गर्नुपर्ने परिस्थिति छ’, अर्यालले भने, ‘संसद् बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याएर के आपत्ति परेछ सरकारलाई ? कसको स्वार्थपूर्ति गर्न हतारमा अध्यादेश ल्याएको हो ? यसको जवाफ सरकारले दिनुपर्नेछ ।’
जसले राजनीतिलाई भ्रष्टाचार गर्ने थलो बनाए, उनीहरू नै आज भर्खर राजनीतिमा प्रवेश गरेकामाथि डण्डा चलाउने प्रयास गरेको उनले बताए । जसले सुशासन र जनताको मुद्दा उठाएका छन् उनीहरूमाथि सरकारले दमन गरिराखेको भन्दै सरकारको नियतमै खोट रहेको अर्यालले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण