सशस्त्रमा ३ डीआईजी पद रिक्त, बढुवा हुन प्रतिस्पर्धा
काठमाडौँ । सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । दुईवटा दरबन्दी भदौ १६ देखि रिक्त भए पनि बढुवा सिफारिस हुन सकेको थिएन ।
नम्बर–९ पशुपतिनाथ बाहिनीका बाहिनीपति किशोर प्रधान माघ २२ मा अवकाशमा गएका छन् । प्रधानको अवकाशसँगै रिक्त दरबन्दी संख्या ३ पुगेको छ ।२०८१ भदौ १६ मा अभि नारायण खत्री र दुर्गा भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए ।
बढुवा प्रतिस्पर्धामा सिसम–१ का कृष्ण ढकाल, मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवर छन् । ढकाल र थापा सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो ब्याचका अधिकृत हुन् । उनीहरू २०५९ कार्तिक २६ मा सेवा प्रवेश गरेका थिए ।
सिसम–२ का दीपेन्द्र कुँवर सँगै विष्णु भट्ट पनि डीआईजीका दाबेदार हुन् । उनी वरीयतामा कुँवर भन्दा पछाडि छन् । भट्ट अहिले युएन मिसन अन्तर्गत सोमालियामा कार्यरत छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मध्येमा १ नम्बर वरीयतामा छन् कृष्ण पाठक । उनी नेपाल प्रहरीको प्राविधिकतर्फबाट सशस्त्रमा प्रवेश गरेका थिए । पाठकले एपीएफ कमाण्ड तथा स्टाफ कलेज पास गरेका छैनन् । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्रमा डीआईजी हुन स्टाफ कलेज पुरा गर्नुपर्छ ।
बढुवा प्रतिस्पर्धाको दुई नम्बर सूचीमा रहेका कृष्ण ढकाल, तेस्रो नम्बरका मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवरले स्टाफ कलेज पास गरेका छन् । एसएसपीहरूको सूचीमा चार नम्बर वरीयतामा रहेका विनोद श्रेष्ठ र प्रकाश थापाले पनि स्टाफ कलेज पास गरेका छैनन् । स्टाफ कलेज पुरा नगर्नेहरू बढुवा नहुने सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरी नियमावली अनुसार ३ पटकसम्म प्रवेश परीक्षामा फेल भएमा स्टाफ कलेज गर्न पाइँदैन । सिसम–१ मा भर्ना भएका अधिकृतहरूले स्टाफ कलेज नगरे नायव महानिरीक्षक हुन नपाउने व्यवस्था छ ।
नेपाल प्रहरीबाट गएका एसएसपी कृष्ण पाठकलाई स्टाफ कलेज लागु नहुने भए पनि उनी कार्यक्षमतामा कमजोर अधिकृतका रूपमा चिनिन्छन् । सशस्त्र प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘धेरै पटक कारबाही भोगेको र कार्यक्षमता कमजोर भएको हुनाले पनि पाठक प्रतिस्पर्धामा पछाडि छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण