महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले “महालक्ष्मी कल सेन्टर” सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको बैंकको भनाइ छ ।
कलसेन्टरबाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, गा्रहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरुको सम्बोधन गर्ने, ग्राहकहरुबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरु गरिने बैंकले जनाएको छ । बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरुको सम्बोधन गर्नेछ ।
यस अन्र्तगत ग्राहकहरुले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगाना [email protected] मा इमेल गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण