देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
सोमबार, २८ माघ २०८१, १५ : १५
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आले मगरले देशमा इमानदारिताको खडेरी लागेको बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मगरले देशमा इमानदारिता आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘इमानदारिताको खडेरी यो देशमा परेको छ । इमानदारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रूपमा समृद्धि ल्याउने हो भने, निश्चित रूपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरूलाई, उद्योग धन्दाहरूलाई हतोत्साहित गर्ने प्रवृत्ति यो देशमा देखा परेको छ ।’
उनले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताए । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण