देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
सोमबार, २८ माघ २०८१, १५ : १५

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आले मगरले देशमा इमानदारिताको खडेरी लागेको बताएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मगरले देशमा इमानदारिता आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘इमानदारिताको खडेरी यो देशमा परेको छ । इमानदारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रूपमा समृद्धि ल्याउने हो भने, निश्चित रूपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरूलाई, उद्योग धन्दाहरूलाई हतोत्साहित गर्ने प्रवृत्ति यो देशमा देखा परेको छ ।’
उनले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताए । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन