सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित
सोमबार, २८ माघ २०८१, १६ : २४

काठमाडौँ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए । अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा संसद्ले सर्वसम्मतिले संसदबाट पारित भएको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलवार १ बजे बस्नेगरी स्थगित भएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो