सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित
सोमबार, २८ माघ २०८१, १६ : २४
काठमाडौँ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए । अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभा समक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा संसद्ले सर्वसम्मतिले संसदबाट पारित भएको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलवार १ बजे बस्नेगरी स्थगित भएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण