बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ । प्रतिनिधिसभामा बाँदर नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद राजेन्द्र बजगाईँले उक्त प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावको उदयशमशेर जबरा र सञ्जयकुमार गौतमले समर्थन गरेका छन् । प्रस्तावमा नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को बढ्दो समस्या किसानहरूका लागि गम्भीर चिन्ताको विषय बनेको उल्लेख छ ।
त्यस्तै सांसद बजगाईँ र कान्तिका सेजुवालले नेपालका उच्च हिमाली क्षेत्रमा हरेक वर्ष हजारौँ बालबालिकालाई यार्सागुम्बा सङ्कलन गर्न जान बाध्य पारिएकोबारे अर्को प्रस्ताव दर्ता गरेका छन् । जसले गर्दा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था, श्रम शोषण र जङ्गली जनवारको सिकार बन्न सक्ने भएकाले यार्सागुम्बा सङ्कलनमा बालबालिका सहभागी हुन नदिन कानुनी प्रतिबन्ध लागू गर्न तथा १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा सङ्कलन गर्न रोक लगाउन प्रस्ताव गरिएको छ । यो प्रस्तावको समर्थकमा सुरेन्द्रराज आचार्य र चन्दा चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण