बाँदर नियन्त्रण र यार्सागुम्बा सङ्कलनमा बालबालिका प्रयोगबारे दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । प्रतिनिधिसभामा बाँदर नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसद राजेन्द्र बजगाईँले उक्त प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावको उदयशमशेर जबरा र सञ्जयकुमार गौतमले समर्थन गरेका छन् । प्रस्तावमा नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को बढ्दो समस्या किसानहरूका लागि गम्भीर चिन्ताको विषय बनेको उल्लेख छ ।
त्यस्तै सांसद बजगाईँ र कान्तिका सेजुवालले नेपालका उच्च हिमाली क्षेत्रमा हरेक वर्ष हजारौँ बालबालिकालाई यार्सागुम्बा सङ्कलन गर्न जान बाध्य पारिएकोबारे अर्को प्रस्ताव दर्ता गरेका छन् । जसले गर्दा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था, श्रम शोषण र जङ्गली जनवारको सिकार बन्न सक्ने भएकाले यार्सागुम्बा सङ्कलनमा बालबालिका सहभागी हुन नदिन कानुनी प्रतिबन्ध लागू गर्न तथा १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा सङ्कलन गर्न रोक लगाउन प्रस्ताव गरिएको छ । यो प्रस्तावको समर्थकमा सुरेन्द्रराज आचार्य र चन्दा चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री