यूकेमा सरिनालाई स्वर्ण
सोमबार, २८ माघ २०८१, १९ : ०४
काठमाडौँ । नेपालकी सरिना घलेले डब्लुएमएसी इङ्लिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै सरिनाले स्वर्ण जितेकी हुन् ।
इङ्ल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेपन फममा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । तेस्रो डान सरिनाले ९.१ अंक जोडिन् । इङल्यान्डकी एमिली जेन दोस्रो भइन् ।
प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागिता रहेको बताइएको छ । अध्यक्ष राईका अनुसार सरिना विगत १ वर्षदेखि युकेमै अध्ययनरत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण