ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकभित्र प्रवेश गर्ने स्टील र आल्मुनियममाथि २५ प्रतिशत आयातकर लगाउने बताएका छन् । ट्रम्पले अमेरिकी आयातमाथि कर लगाउने देशलाई त्यसरी नै पारस्परिक ट्यारिफ लगाउने योजना बनाएको बताएका हुन् ।
आयातकरको सम्भावित योजनाबारे जानकारी दिए पनि उनले त्यो योजना कुन देश लक्षित गरिएको छ र कुनै प्रकारको छुट हुन्छ वा हुँदैन भन्नेबारे केही खुलाएका छैनन् ।
यसैबीच, ट्रम्पले सार्वजनिक अभिव्यक्ति दिंदै आफ्नो गाजा अधिग्रहरण योजनामा प्यालेस्टाइनीलाई गाजा वा घर फिर्तीको कुनै अधिकार नहुने बताएका छन् । उनले पहिलो सुझाव दिएको एक सातापछि अमेरिकाले गाजाको स्वामित्व लिनु पर्ने अभिव्यक्ति दोहोर्याएका हुन् ।
उनले फक्स न्यूजसँग कुरा गर्दै गाजा अधिग्रहरण योजना अन्तर्गत प्यालेस्टाइनीलाई आफ्नो जमिनमा फर्किने अधिकार नदिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा
-
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन
-
‘महाभोज’ हेरेपछि सेलिब्रेटीहरूले के भने ?
-
महोत्तरीमा घट्दै ट्राफिक कारबाही