राजनीति
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
मङ्गलबार, २९ माघ २०८१, ०८ : २६
१
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।
११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोध पछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ ।
अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।
आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
भट्टलाईले पेस गरेको प्रतिवेदनमाथि दोस्रो दिनको बन्द सत्रमा समूहगत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण