सांसद अग्रहरी भन्छिन् : ६ महिनादेखि निरन्तर सरकारलाई सराप्ने काम भयो
मङ्गलबार, २९ माघ २०८१, १३ : ४४
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले प्रतिपक्षी दलहरूले सडकदेखि सदनसम्म सरकारलाई सराप्नेबाहेक केही काम गर्न नसकेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनावश्यक हल्ला गरेर केही नहुने बताइन् ।
‘६ महिनादेखि सडक देखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही सुनेको छैन‚’ उनले भनिन् । सांसद अग्रहरीले विरोधको राजनीतिक खेतीपाती बन्द गरेर सरकारले गरेको जायज कुरामा सहयोग गर्न प्रतिपक्षलाई सुझाव दिइन् ।
‘हुन त विरोधीहरू जथाभाबी बोलेको हैनन् उहाँहरूको धर्म हो । राजनीति खेतीपाती उहाँहरूले गर्नुभएको छ । जायज कुरामा राष्ट्रको कुरामा चिन्ता गरेर सहयोग गर्नुहोस् । अनावश्यक कराएर केही हुँदैन‚’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण