उठ्न थाल्यो हेटौंडाको फोहोर
मङ्गलबार, २९ माघ २०८१, १८ : १५

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासको अन्तरिम आदेशसँगै रोकिएको हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन पुनः सुचारु भएको छ । अदालतले उक्त मुद्दाको रिट खारेज हुने आदेश गरेसँगै हेटौंडा बजार क्षेत्रको फोहोर उठ्न थालेको हो ।
हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलासले मंगलबार रिट खारेज गर्ने निर्णय गरेको हो ।
गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न आदेश गरेको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि हेटौंडा उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे
-
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह