नयाँ शक्तिको मतगणना सुरु हुँदै
बुधबार, ३० माघ २०८१, १२ : ०६

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को नेतृत्व छनोटका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने भएको छ । अध्यक्षसहित केन्द्रीय सदस्य पदका लागि मंगलबार मध्यराति मतगणना सकिएको थियो ।
मध्यान्ह १२ बजेपछि मतगणना सुरु हुने उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चपाईं प्रतिस्पर्धामा उत्रिएका छन् । नेसपा नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन माघ २९ देखि प्रज्ञा भवन कमलादीमा सुरु भएको थियो ।
११ पदाधिकारी र ९९ केन्द्रीय सदस्यमध्ये यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन समितिले मतगणनाको अन्तिम घोषणा गरेसँगै आजै महाधिवेशन सकिने छ । महाधिवेशनमा १५ सय प्रतिनिधि सहभागी भएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दैछ : मन्त्री भट्टराई
-
उपमुख्यमन्त्रीको आलोचना गर्ने कमेडियनविरुद्ध एफआईआर
-
थाहा छैन मेरा कति भाइ बहिनी छन् : मस्ककी जेठी छोरी
-
इन्डियन प्रिमियर लिग : पूर्वकप्तान आफ्नै पूर्वटोलीविरुद्ध मैदानमा
-
जोफ्रा आर्चरलाई ‘कालो ट्याक्सी’ भनेपछि विवादमा तानिए हरभजन सिंह
-
चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी