नयाँ शक्तिको मतगणना सुरु हुँदै
बुधबार, ३० माघ २०८१, १२ : ०६
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को नेतृत्व छनोटका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने भएको छ । अध्यक्षसहित केन्द्रीय सदस्य पदका लागि मंगलबार मध्यराति मतगणना सकिएको थियो ।
मध्यान्ह १२ बजेपछि मतगणना सुरु हुने उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चपाईं प्रतिस्पर्धामा उत्रिएका छन् । नेसपा नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन माघ २९ देखि प्रज्ञा भवन कमलादीमा सुरु भएको थियो ।
११ पदाधिकारी र ९९ केन्द्रीय सदस्यमध्ये यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन समितिले मतगणनाको अन्तिम घोषणा गरेसँगै आजै महाधिवेशन सकिने छ । महाधिवेशनमा १५ सय प्रतिनिधि सहभागी भएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण