एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णयको स्वागत
बुधबार, ३० माघ २०८१, १५ : ५४

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले नेपाल सरकारका प्रतिष्ठानहरुमा एमडी/एमएस/ एमडीएसको सिट संख्या थप गर्ने भनि गरेको निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।
संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने आवाज उठाउँदै आएको थियो ।
संघले बुधबार जारी गरेको विज्ञप्तिमा यस महत्वपूर्ण निर्णय गरिएकोमा नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । साथै यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने संघको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन