कर्णालीमा जनयुद्ध दिवस : १२ स्थानीय तहले दिए बिदा !

सुर्खेत । बिहीबार कर्णालीका १२ वटा स्थानीय तहहरूले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिइएको हो । नेकपा (माओवादी केन्द्र) ले कर्णालीलाई आफ्नो आधार इलाकाका रूपमा मान्दै आएको छ ।
१० वर्षे सशस्त्र युद्धको बेला सबैभन्दा धेरै क्षति भएको प्रदेश पनि कर्णाली नै हो । माओवादीले जितेका धेरैजसो स्थानीय तहहरूले जनयुद्ध दिवस मनाउन बिदा दिएको पाइएको छ । माओवादीको प्रभाव जिल्ला रुकुम पश्चिमका ६ स्थानीय तहमध्ये ५ वटामा बिदा दिइएको छ । कांग्रेसले जितेको मुसिकोट नगरपालिका बाहेकका स्थानीय तहका बिदा दिइएको हो ।
त्यसमा चौरजहारी, आठबिसकोट नगरपालिका र त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । बाँफिकोट नेपाली कांग्रेसले जितेको स्थानीय तह हो । उक्त स्थानीय तहमा दिइएको बिदाबारे अदालतमा मुद्दा परेपछि जनयुद्ध दिवस नमनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
यस्तै जुम्लाको सिञ्जा गाउँपालिका, कालिकोटको पलाताँ, शुभकालिका र पचालझरना गाउँपालिकाले पनि जनयुद्ध दिवसको दिन बिदा दिएका छन् ।
जाजरकोटको नलगाड नलगाड नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ भने माओवादीले जितेको सुर्खेतको एक मात्र चौकुने गाउँपालिकामा पनि सार्वजनिक बिदा दिइएको छ ।
माओवादीले जितेको डोल्पाको मुड्केचुल्ला गाउँपालिकाले पनि बिदा दिएको छ ।
माओवादीले जितेका तर बिदा नदिइएका स्थानीय तहहरूले विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने निर्णय गरेका छन् । माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले माओवादीले जितेका सबै पालिकाहरूमा जनयुद्ध दिवस मनाउन निर्देशन गरिएको बताइन् । ०७९ को स्थानीय तहको निर्वाचनमा माओवादीले ७९ स्थानीय तहमध्ये २४ स्थानीय तहमा प्रमुख–अध्यक्ष, २५ मा उपप्रमुख–उपाध्यक्ष र २२७ वटा वडा जितेको छ ।
माओवादीले थालेका १० वर्षे सशस्त्र जनयुद्धमा कर्णाली प्रदेशले निकै सङ्घर्ष गरेको छ । माओवादी केन्द्र प्रदेश कमिटीले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार जनयुद्धभर कर्णालीका करिब २३ सय बढीले ज्यान गुमाए भने २९ सय बढी घाइते तथा अपाङ्ग बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल
-
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै