कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा
कराची । दक्षिण अफ्रिकाविरुद्ध शानदार जित हात पार्दै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पाकिस्तान ६ विकेटले विजयी बनेको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५३ रनको विशाल लक्ष्य पाकिस्तानले ४ विकेटको क्षतिमा ६ बल अगावै पछ्यायो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि टोलीले सन् २०२२ मा लाहोरमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३४९ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।
पाकिस्तानको जितमा कप्तान मोहम्मद रिजवान र सलमान आघा नायक बने । दुवैले शतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए । रिजवानले १२८ बलमा १२२ रन बनाउँदै नटआउट रहे । उनले यसक्रममा ९ चौका र ३ छक्का हिर्काए ।
सलमानले १०३ बलमा १३४ रन जोडे । उनले १६ चौका र २ छक्का प्रहार गरे । ओपनर फखर जमानले ४१ तथा बाबर आजमले २३ रन बनाए । दक्षिण अफ्रिकाका लागि वियान मुल्डरले २ तथा लुंगी एनगिडी र कोरबिन बोस्चले १–१ विकेट लिए ।
यसअघि, पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो । टोलीका लागि हेचरित क्लासनले सर्वाधिक ८७ रनको योगदान दिए । उनले मात्र ५६ बलमा ११ चौका र ३ छक्का हिर्काए ।
त्यसतै, म्याथ्यू ब्रिट्ज्कीले ८३ रन तथा कप्तान तेम्बा बाभुमाले ८२ रन बनाए । कायल भेरियनले ४४ रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र खुसदिल शाहले १–१ विकेट लिए ।
अब पाकिस्तानले शुक्रबार फाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण