संघको अध्यक्षमा कार्की निर्वाचित, कार्यसमितिमा को-को ?
काठमाडौँ-राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो ।
संघद्वारा आज आयोजित कार्यक्रममा यही जेठ १३ गते सम्पन्न महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिकाबारे जानकारी गराइएको हो ।
महासचिवमा विजक्रमजंग शाह, उपमहासचिवमा गोविन्द दुलाल, प्रवक्ता होमराज सुवेदी, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार छन् । त्यस्तै सहसचिवमा श्रीकृष्ण दाहाल, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सहकोषाध्यक्ष सूर्य श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा सिर्जु अधिकारी, रिना थापा, एलिना रायमाझी र आशा लामा छन् । त्यसैगरी सातै प्रदेशमा स्थानीय कलाकारको खोजी गर्ने उद्देश्यले संयोजक तोकिएको छ ।
प्रदेश नं १ शिवप्रसाद घिमिरे, २ मा निर कँडेल, ३ मा दीपक रिमाल, ४ मा विनोद ढकाल, ५ थानेश्वर अधिकारी, कर्णाली प्रदेशमा पदमबहादुर रोकाय र प्रदेश नं ७ मा अर्जुन सोनामलाई जिम्मेवारी दिइएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष कार्कीले पछिल्लो समय विकास भएका प्रविधिका कारण कलाकारको सिर्जना चोरी हुने क्रम बढ्दै गएकाले उनीहरुलाई सामाजिक न्याय उपलब्ध गराउन सरोकार पक्षसँग समन्वय र सहकार्य गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण