कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशनका लागि म्याद थप नहुने

काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि अव म्याद थप नहुने स्पष्ट पारेको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृ संस्थाका अध्यक्षहरूबिच भएको छलफलमा कांग्रेसका शीर्ष नेताहरूले तोकिएको समय चैत्र महिनाभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको धारणा राखे ।
छलफलका क्रममा केहि संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केहि संस्थाले चैत्रभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए ।
सबै भातृ संस्थाहरूसँगको छलफलका क्रममा आएका सुझावहरूलाई पार्टीले समाधान गर्ने उनले बताए । यसअघि कांग्रेसले निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म