मेन्डिसको शतकसँगै श्रीलंकाले अस्ट्रेलियालाई दियो २८२ रनको लक्ष्य
काठमाडौँ । घरेलु टोली श्रीलंकाले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई जितका लागि दुई सय ८२ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ८१ रन बनाएको हो ।
श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले शतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मेन्डिसले एक सय एक रन बनाए । उनले एक सय १५ बलको सामना गरी ११ चौका पनि हिर्काए । ३० वर्षीय कुशल मेन्डिसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पाँचौँ शतक पनि हो ।
श्रीलंकाले १५ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर पाथुम निसानका ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि कुशल मेन्डिस र अर्का ओपनर निसान मदुसकाले टोलीको स्कोरलाई एक सय १३ रनसम्म डो¥याएका थिए । ओपनर निसान मदुसकाले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ५१ रन बनाए ।
निसान मदुसकाले ७० बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । २५ वर्षीय निसान मदुसकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो । श्रीलंकाका लागि कप्तान चरिथ असलन्काले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ७८ रन बनाए । यस क्रममा उनले केवल ६६ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । २७ वर्षीय चरिथ असलन्काले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औँ अर्धशतक हो ।
जनिथ लियान्गेले पनि टोलीका लागि अविजित ३२ रनको योगदान गरे । उनले केवल २१ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरे । श्रीलंकाली टोलीले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो ।
अस्ट्रेलियन टोलीका बलर बेन ड्वारस्विस, एरोन हार्डी, सिन एबट र एडम जाम्पाले एक–एक विकेट हात पारे । दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखलामा श्रीलंका १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ४९ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण