च्याम्पियन्स ट्रफीको पुरस्कार राशि घोषणा, उपाधि जित्ने टोलीले कति पाउँछ ?
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारी अनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर पुरस्कार राखि पाउनेछ ।
दोस्रो हुने टोली अर्थात् फाइनलमा हार्ने टोलीले ११ लाख २० हजार डलर पाउनेछ । यस्तै, सेमिफाइनलमा हारेको टोलीले ५ लाख ६० हजार डलर पाउनेछन् ।
प्रतियोगिताको पुरस्कार राशिको कुल रकम सन् २०१७ को तुलनामा ५३ प्रतिशतले बढेको बताइएको छ । समूह चरणको प्रत्येक खेलमा विजेता टोलीले ३४ हजार डलर पाउने जनाइएको छ ।
फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफी २०२५ मा आठ टोली सहभागी हुँदैछन् । प्रतियोगिताको फाइनल खेल मार्च ९ मा खेलिनेछ ।
प्रतियोगितामा सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली छन् ।
च्याम्पियन्स ट्रफीका खेलहरू पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछन् । भारत सहभागी हुने खेल पाकिस्तानमा आयोजना हुने छैनन् ।
२०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण