भौतिक मन्त्रालयले केहि गरेन भने पनि थुप्रै कामहरू गरेका छौँ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालयले केहि काम गरेन भने पनि थुप्रै कामहरू गरेको बताएका छन् । शुक्रबार मन्त्रालयले माघ मसान्तसम्म गरेका कार्यक्रमको बारेमा जानकारी दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘हाम्रो मन्त्रालयले केहि काम भएन भनेर एक खालको बहस सुरु भएको छ,’ उनले भने, ‘भौतिक पूर्वाधार क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ । पहिलो सय दिनमा १० वटा र दोस्रो सय दिनमा १२ वटा कामका क्षेत्रको किटान गरिएको थियो । सो कार्यक्रम लक्ष्य उन्मुख रहेको छ ।’
यसबिचमा वर्षात र बाढीको प्रकोपले सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनमा लाग्नु परेकाले लक्ष्य प्राप्तिमा कमी भएको उनको तर्क छ । साथै उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्येबाट २८.१५ प्रतिशत बजेट खर्च भएको बताए ।
मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन गरिएको थियो ।
साथै यस अवधिमा ४१ वटा पुल निर्माण सम्पन्न भएको उनले बताए । थुप्रै ठुला आयोजनाहरू पनि लक्ष्यअनुरूप निर्माण भइरहेको उनले बताए । यस्तै भावी आयोजनासमेत ल्याएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण