युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने-पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी छ
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई रोक्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् । एक शिखर बैठकका दौरान अमेरिकी उपराष्ट्रपति जेडी वेंससँगै बसेर जेलेन्स्कीले युक्रेन युद्ध अन्त्यको योजनामा अधिक काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
म्युनिख सुरक्षा सम्मेलनका दौरान अमेरिकी उपराष्ट्रपति वेंसले स्वतन्त्र भाषण तथा लोकतन्त्रलाई लिएर युरोपेली नेताहरुको आलोचना गरे । उनले ट्रम्पप्रति लक्षित गर्दै विश्व नेताहरुलाई भने, ‘शहरमा एक नयाँ शेरिफ छ ।’
अमेरिकी उपराष्ट्रपतिले अजीव भाषण गरेको भन्दै चर्चा भइरहेको छ भने यसबारे कोही पनि कुरा गर्न नचाहेको बीबीसीले आफ्ना संवाददाता फ्यान्क गार्डनरको हवाला दिँदै खबरमा उल्लेख गरेको छ ।
त्यसअघि जेलन्स्कीले युक्रेन युद्ध अन्त्यका लागि आफुले कुनै तयारी अमेरिकी योजना नदेखेको बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी, रुसी र युक्रेनी अधिकारी म्युनिखमा भेट्ने बताएका थिए । तर, मस्कोले शिखर सम्मेलनमा प्रतिनिधिमण्डल नपठाइएको जनाएको छ । रुसले युक्रेनमा पूर्ण बलकासाथ आक्रमण सुरु गरेको तीन वर्ष पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण