दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
शनिबार, ०३ फागुन २०८१, ११ : ०९
सियोल । दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । साथै सात जना घाइते भएको धेरै सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको बताइएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण