नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
बुटवल । रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ । हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।
डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अंकित रिमालले जानकारी दिए । आयोजनाको डीपीआर काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताए । आठ महिना भित्रमा डीपीआर तयार गर्नेगरी काठमाडौँ युनिकन्सल्टसँग सम्झौता भएको र डीपीआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनले जानकारी दिए ।
रूपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो । करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भएपनि डीपीआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
-
रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण