लेबनानमा प्रदर्शनकारीको आक्रमणमा परेर उपरथी ढकाल घाइते
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । शुक्रवार राति करिब १२ बजे राजधानी बेरुत नजिकै उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी र भिडले रोकी तोडफोड गर्दा उनी घाइते भएका हुन् ।
घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि बेरुत पुर्याइएको र अस्पतालले उनको अवस्था खतरामुक्त रहेको जनाएको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ । उपरथी ढकाल आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।
घटनाको सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको निर्देशनालयले जनाएको छ ।
सो घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याउने बताएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण