राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ देखि चितवनमा
काठमाडौँ । राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगिता प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ । शनिवार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जानकारी दिएको हो ।
फाल्गुन १७ गतेदेखि २० गतेसम्म चितवनको सुन्दरनगरी भरतपुर नगरपालिकाको वडा नं. १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने बताए ।
प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए । ८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण