कुम्भ मेलास्थलमा भिषण आगलागी
शनिबार, ०३ फागुन २०८१, २१ : २४
भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीचको एक स्थानमा भिषण आगलागी भएको छ। शनिबार साँझ भएको आगलागीको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रयागराजका एडीजी भानु भास्करले आगलागीबाट कसैको मृत्यु भएको रिपोर्ट नभएको बताए । उनले भने, ‘सेक्टर १८–१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ। सोही स्थानमा आगलागी भएको हो ।’
आगलागीको जानकारी पाउने बित्तिकै पाँच मिनेटमै दमकल र आपतकालीन सेवा घटनास्थलमा पुगेको उनले बताए। घटनास्थलमा पुगेर आगो निभाउन सकिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण