सातौँ बागमती गोल्डकप : आज एपीएफ र हानामी भिड्दै
आइतबार, ०४ फागुन २०८१, ०९ : ०१

बागमती । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसीबिच प्रतिस्पर्धा हुन लागेको हो ।
दुई टिम बिचको खेल दिउँसो २ बजे सुरु हुनेछ। आजको विजय टिमले सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ ।
आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, सात जनाको मृत्यु
-
प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपाको माग
-
पर्वत र पाँचथरमा नाबालिगमाथि जबरजस्ती करणी
-
इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ
-
रोहित शर्माको नामसँग जोडियो यस्तो खराब कीर्तिमान !