सांसद उर्मिला माझीले ल्याइन् पहिलो साङ्गीतिक कोसेली 'जुगौं जुग सँगै जिउने' (भिडियोसहित)
काठमाडौँ । प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले पहिलोपटक साङ्गीतिक काेसेली सार्वजनिक गरेकी छिन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रणालीमार्फत सांसद रहेकी उनले जुगौंजुग सँगै जिउने बोलको गीत ल्याएकी हुन् ।
उनको शब्दमा जनकलाकार तथा सङ्गीतकार सुशील सिंह ठकुरीले सङ्गीत दिएका छन् भने जनकलाकार रमण थामीले स्वर दिएका छन् । उनले आफ्नो वैवाहिक वर्षगाँठको सन्दर्भ पारेर उक्त गीत सार्वजनिक गरेको बताएकी छिन् । उनको गीतमा जनयुद्ध कालको स्मरणदेखि जीवनसाथीप्रतिको आस्था र विश्वास देखिन्छ । उनले जातपात भेदभाव उन्मुलनको कुरा देखि सङ्घर्षमै जीवन देख्ने विषयलाई प्रेरणाको रूपमा उल्लेख गरेकी छिन् ।
उनी माझी समुदायबाट पहिलो महिला सांसद पनि हुन् । उनी लमजुङबाट सांसद बनेकी हुन् । उनले जीवनसाथी सन्तोष पौडेलसँगको सहकार्यबाट प्रभावित भएर गीत लेखेको बताएकी छिन् । पौडेल प्रेस सेन्टर नेपालको केन्द्रीय महासचिव छन् । उनको गीत त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई साङ्गीतिक भिडियो बनाएर कभर डिजाइनसहित सार्वजनिक गर्ने काम विशाल राईले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण