सांसद उर्मिला माझीले ल्याइन् पहिलो साङ्गीतिक कोसेली 'जुगौं जुग सँगै जिउने' (भिडियोसहित)

काठमाडौँ । प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले पहिलोपटक साङ्गीतिक काेसेली सार्वजनिक गरेकी छिन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रणालीमार्फत सांसद रहेकी उनले जुगौंजुग सँगै जिउने बोलको गीत ल्याएकी हुन् ।
उनको शब्दमा जनकलाकार तथा सङ्गीतकार सुशील सिंह ठकुरीले सङ्गीत दिएका छन् भने जनकलाकार रमण थामीले स्वर दिएका छन् । उनले आफ्नो वैवाहिक वर्षगाँठको सन्दर्भ पारेर उक्त गीत सार्वजनिक गरेको बताएकी छिन् । उनको गीतमा जनयुद्ध कालको स्मरणदेखि जीवनसाथीप्रतिको आस्था र विश्वास देखिन्छ । उनले जातपात भेदभाव उन्मुलनको कुरा देखि सङ्घर्षमै जीवन देख्ने विषयलाई प्रेरणाको रूपमा उल्लेख गरेकी छिन् ।
उनी माझी समुदायबाट पहिलो महिला सांसद पनि हुन् । उनी लमजुङबाट सांसद बनेकी हुन् । उनले जीवनसाथी सन्तोष पौडेलसँगको सहकार्यबाट प्रभावित भएर गीत लेखेको बताएकी छिन् । पौडेल प्रेस सेन्टर नेपालको केन्द्रीय महासचिव छन् । उनको गीत त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई साङ्गीतिक भिडियो बनाएर कभर डिजाइनसहित सार्वजनिक गर्ने काम विशाल राईले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत