रोहित शर्माको टेस्ट करियर संकटमा, जसप्रित बुमराहलाई कप्तान बनाउने तयारी
काठमाडौँ । पछिल्लो समय टेस्ट क्रिकेटमा भारतीय टोलीका कप्तान रोहित शर्माले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । केही समयअघि अस्ट्रेलियन भूमिमा खेलिएको बोर्डर–गावस्कर टेस्ट शृङ्खलामा पनि रोहितको प्रदर्शन निराशाजनक थियो ।
उक्त शृङ्खलामा अस्ट्रेलियाले भारतलाई ३–१ ले हराएको थियो । कप्तान रोहितले उक्त शृङ्खलामा कुल ३२ रनमात्र बनाउन सकेका थिए । उनको प्रदर्शनलाई लिएर समर्थकसँगै पूर्वक्रिकेटर र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पदाधिकारीसमेत असन्तुष्ट थिएनन् ।
भारतीय सञ्चार माध्यमका अनुसार, बीसीसीआईले निकट भविष्यमा हुने इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलामा रोहितलाई टोलीमा स्थान नदिने तयारी गरिरहेको छ । सञ्चारमाध्यमले रोहित शर्माको टेस्ट खेलजीवन संकटमा रहेको दाबी पनि गरेका छन् ।
इङ्ल्यान्ड भ्रमणका क्रममा भारतले पाँचवटा टेस्टको शृङ्खला खेल्ने कार्यक्रम छ । उक्त शृङ्खलाका लागि घोषणा हुने टोलीमा बीसीसीआईले रोहितलाई स्थान नदिने समाचारमा जनाइएको छ ।
बीसीसीआईका एक पदाधिकारीलाई उद्धृत गर्दै तयार पारिएको समाचारमा रोहितको स्थानमा तीव्र गतिका बलर जसप्रित बुमराहलाई कप्तान बनाउने तयारी भइरहेको छ । बीसीसीआईका ती अधिकारीको नाम भने समाचारमा खुलाइएको छैन ।
अहिले बुमराह घाइते अवस्थामा छन् । उनी लामो समयदेखि पिठ्यूँको समस्याबाट पीडित छन् । स्वास्थ्य भएर फर्किएलगत्तै उनलाई टेस्ट टोलीको कप्तान बनाउने तयारी अघि बढाइएको दाबी समाचारमा गरिएको छ । बोर्डर–गावस्कर शृङ्खलामा पराजित भएपछि कप्तान रोहित शर्माले भने तत्काल टेस्ट क्रिकेटबाट सन्न्यास लिने आफ्नो कुनै योजना नरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण