मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिजीका ८ सिट
हेटौँडा । चिकित्सा शिक्षा आयोगले हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तह (पिजी) अध्यापनका लागि ८ सिट दिएको छ । आयोगले यसअघि उक्त कोर्सका लागि दिएको एक सिटलाई पुनः विचार गर्दै ७ सिट थपेर ८ सिट दिएको हो ।
आयोगले गत माघ १६ बिहीबार सार्वजनिक गरेको पिजी सिटको विवरणअनुसार प्रतिष्ठानले जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन (एमडिजिपी)मा एक सिट मात्र पाएको थियो । प्रतिष्ठानले आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा १८ वटा सिट माग गरेको थियो । आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि प्रतिष्ठानले माग गरेअनुसार सिट उपलब्ध गराउँदा एक सिट मात्र दिएको थियो ।
प्रतिष्ठानले अब्सटेट्रिक्स एन्ड गाइनो, इन्टर्नल मेडिसिन, जेनेरल सर्जरी, एमडिजीपी, पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, अर्थोपेडिक्स/अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरी र पेरिडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलीजीका लागि सिट माग गरेको थियो ।
आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एक जना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट सङ्ख्या तोकेपछि प्रतिष्ठानका प्रमुखसहित चिकित्सक सङ्घले समेत विरोध गरेको थियो । चौतर्फी आलोचना पछि आयोगले पुनः विचार गर्दै ८ सिट दिएको हो ।
आयोगले पीजीमा विभिन्न विषयमा १ हजार २६ सिटमा अध्यापन गराउने तयारी गरेहको छ । आयोगले गत वर्ष विभिन्न प्रतिष्ठान र अस्पतालहरूमा गरी ७९५ सिटमा पीजी कोर्स अध्यापन गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण