सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दलहरूबिच भागबन्डा मिलेसँगै प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन्। प्रदेशसभा सचिवालयले सभापति पदका लागि शनिवार दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो।
उक्त समयसम्म समितिहरूका लागि एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध चयन भएका हुन् । सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका सांसद धर्मराज पाठक तथा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी निर्विरोध भएका छन्।
त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमतिअनुसार विशेष समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद तुलसी देवकोटाले एकल उम्मेदवारी दिएकी छन्। सत्ता गठबन्धनका दलहरूबिच विशेष समितिको नेतृत्व भागबन्डा मिलाउने सहमति भएको थियो।
प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार चारै समितिको सभापति पदमा एक–एक मात्र उम्मेदवारी परेकाले सम्बन्धित समितिको बैठकले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरिँदैछ। दाबी विरोधका प्रक्रियाहरू पूरा भएकाले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएकोले केहीबेर बैठक सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरिन लागेको हो ।
यसअघि सभापति मन्त्री बनेपछि अर्थ विकास समिति गत वर्ष फागुनदेखि, सार्वजनिक लेखा समिति तथा सामाजिक विकास समिति गत जेठदेखि नेतृत्वविहीन थिए। सभापति नहुँदा संसदीय समितिहरूको कामकाज प्रभावित हुँदै आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण