१० सांसदले सोधेको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताए । कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध विक्री रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिएको पनि बताए ।
यस्तै प्रधानमन्त्री ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताए ।
सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए । उनले चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण