छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले जातीय विभेद निर्मूल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चित हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यही अनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो । जातीय विभेदलाई निर्मूल हुनुपर्छ भनेर म सधैँ लागि परेको छु,’ उनले भने ।
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु,’ उनले भने ।
आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआइजी भएको उनले बताए । ‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदो रहेछ । डीआइजी बढुवा गर्दा डम्बरलाई नछुटाई गर्नु भनेँ । नेपाल प्रहरीमा पहिलो पटक एक जना डीआइजी हुनुभयो ,’ उनले भने ।
निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले लिएको गृहमन्त्री लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण